Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वास्थ्य परीक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम – Gaule Khabar

स्वास्थ्य परीक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम

स्वास्थ्य परीक्षण ७ दिनभित्र खारेज गर्न अल्टिमेटम

काठमाडौं, फागुन ३–

वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले सात दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परीक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक सीताराम रेग्मीले नेपाल सरकारले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट प्राणाली लगाएर रु. २९०० मा गरिने स्वास्थ्य परीक्षण आजभोली १४ हजार लिने गरेको आरोप लगाउँदै यस कार्यलाई सोझो ठगिको संज्ञा दिए ।
संयोजक रेग्मीले भने,‘बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्ध राख्दैन् तर यसलाई श्रममन्त्रालय र श्रम सचिवले कानुन विपरित लागु गरेका छन्, यो वैदेशिक रोजगार स्वास्थ्य व्यवसायि र सम्बन्धित परिवारको भोको पेटमा लात हान्ने काम भईरहेको छ, अब हाम्रा मागहरू पुरा नगर्ने र हाउगुजिको नाटक देखाएर नियम मिच्नेको गर्दनमा हामी पनि लात हान्छौँ ।’
संयोजक रेग्मीले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिषा र फ्रि–टिकटको बकम्फुसे नारा लगाईरहेको आरोप लगाए । उनले भने,‘सरकारले फ्रि–टिकट र फ्रि–भिषाको नाम दिईरहेको छ, तर व्यवसायीहरूले १ लाख देखि ४ लाखसम्म लुटिरहेका छन्।’
नेपाल मेडिकल महासँघका महासचिव जीवन बयलकोटीले बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सरकारको आँखामा छोरो हालेर सोझो ठगि धन्दा गरिरहेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका