११ किसान छनोट

११ किसान छनोट

भद्रपुर, फागुन ३ –

जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ ।

सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका हुन् । प्रत्येकले कम्तीमा १० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्नेछ । कार्यालयले जनही रु ४० हजारका दरले अनुदान उपलब्ध गराउने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि जिल्लाका ४९ किसानले कार्यालयमा निवेदन दिएका थिए । स्थलगत मूल्याङ्कन, अनुगमन र ग्राहयताका आधारमा ११ किसान छनोटमा परेको बताइएको छ । छनोट गरिएकामा लखनपुर ४ का लुखिराम मुर्मु र ५ का चुकि मुर्मु, दुवागढी– ८ का डब्लु विर्जा, शरणामती – ७ का लखिराम मुर्मु, चकचकी – ४ का शिवलाल मुर्मु, जलथल– ७ का शयामलाल मुर्मु र बालुवाडी – ८ का लखिराम मुर्मु रहेका छन् ।

यस्तै कन्काई नगरपालिकाका –७ का बाबुलाल मराङग मई, खजरगाछी – ६ का विपिन हास्दा, केचना – १ का गौरसिंह माझी र जलथल –८ का शान्ति मुर्मु छनोटमा परेका छन् ।

कृषि तथा पर्यटन महोत्सव

भद्रपुरमा करिब छ दशकपछि पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

फागुन १२ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका वडा–५ झापा चोकमा सो महोत्सव हुनेछ । झापा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडाँै महोत्वका आयोजक रहेका छन् । महोत्सवमा १०० वटा कक्ष रहने छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका