पाकिस्तान,फागुन ३ –
पाकिस्तानको लाहोरमा बम विस्फोटमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अस्पताललाई जनाउदै बिबिसीले उल्लेख गरेको छ । लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि ज्यान गुमाएका छन् ।
अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । बिबिसीका अनुसार एक जना मोटरसाइकलमा सवार आत्मघाती आक्रमणकारीले सयौँ फर्मासिस्टहरुको विरोध प्रदर्शन भएको ठाउँमा लगेर विस्फोट गराएका थिए ।