Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किन सम्भव छैन जेठअघी नेपालगन्ज लोडसेडिङमुक्त हुन ? – Gaule Khabar

किन सम्भव छैन जेठअघी नेपालगन्ज लोडसेडिङमुक्त हुन ?

किन सम्भव छैन जेठअघी नेपालगन्ज लोडसेडिङमुक्त हुन ?

नेपालगन्ज ,फागुन २-

सरकारले काठमाडौ उपत्यकासहित देशका विभिन्न सहरलाई लोडसेडिङमुक्त गरिरहदा नेपालगन्जका जनाता पनि कहिले लोडसेडिङमुक्त हुन्छ भन्ने पर्खाइमा छन् ।तर यो पर्खाइ अझ लम्भिने भएको छ । काठमाडौ,पोखरा,चितवन लगाएतका शहरमा लोडसेडिङमुक्त घोषणा गरिएको छ भने विरगन्ज सहित पुर्वका अन्य केही सहरमा पनि घोषणाको तयारी भैरहेको छ । तर पश्चिम नेपालका शहर भने तत्काल लोडसेडिङमुक्त नहुने देखिएको छ ।विभिन्न प्राविधिक कारणले नेपालगन्जमा तत्काल लोडसेडिङमुक्त सम्भव नरहेको नेपाल विधुत प्राधिकरणले जानाकारी दिएको छ ।नेपालको सवैभन्दा वढी गर्मी हुने नेपालगन्जमा चैत्र,वैशाखमा लोडसेडिङ झेल्नुपर्ने भएको छ ।

सुख्खा मौसम मंसिर, पुस र माघ महिनामा यस अघिका वर्षहरुमा अत्यधिक समय लोडसेडिङ हुने गरेकोमा यसपटक भने लोडसेडिङ केही कम भएको छ ।यतिवेला दैनिक ४ घण्टा सम्म लोडसेडिङ भएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेश झाले जानाकारी दिए ।अहिलेको मौसममा नेपालगन्जमा करिव १६ ÷१७ मेगावट विद्युत आवश्यक छ भने गर्मी याममा २०÷२२ मेगावाटको हाराहारीमा विद्युतको माग रहेको उनले वताए । यतिवेला अत्याधिक खपत हुने समयमा दैनिक ४ मेघावट मात्र विद्युत थप भए नेपालगंन्जमा लोडसेडिङ नहुने झाको भनाई छ । अहिले नेपालगन्जमा भारतवाट आएको १२ मेघावट विद्युत मात्र प्रयोग भैरहेको छ ।केन्द्रिय प्रसारण लाइनवाट विद्युत प्राप्त भएको छैन् झाले भने ।भारतवाट थप भएको २ सय ५० मेघावट विद्युतवाट नेपालगन्जमा ४ मेघावट मात्र छुट्याउने हो भने पनि यहांको समस्या समाधान हुने झाले जानाकारी दिए ।उनले जिल्ला आउने मन्त्रीलाई प्रत्यक पटक यसवारे ध्यानाकर्षण गराएको वताए ।

कुलमानले के भने ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालगन्जमा तत्काल लोडसेडिङमुक्त हुने सम्भावना कम रहेको वताएका छन् ।उनले लोडसेडिङमुक्त नभएपनि लोडसेडिङ कम गर्न सक्दो प्रयास भैरहेको वताए । घिसिङले भने– चैत्र र बैशाख महिनाको लागी मात्र समस्या हो,जेठवाट भने लोडसेडिङ हुदैन् । कहिले सम्म लोडसेडिङमुक्त हुन्छ भन्ने हाम्रो समाचारको प्रश्नमा उनले थपे म त्यसै आश्वासन वाढ्दैन ढुक्क हुनुहोस् जेठपछि नेपालगन्जमा लोडसेडिङ हुदैन् । विभिन्न प्राविधिक समस्याका कारण नेपालगन्जमा तत्काल लोडसेडिङमुक्त गर्न नसकिने जानाकारी गराए ।

स्थानिय स्तरको दवाव कम

भारतमा विद्युत कटौती हुंदा नेपालगन्जमा लोडसेडिङ वढ्यो भनेर विद्युत प्राधिकरण घेराउ गर्न जाने स्थानिय राजनैतिक दल र उद्योग वाणिज्य संघका प्रतिनिधी यतिवेला कानमा तेल हालेर वसेका छन् ।उनिहरुले नेपालगन्जलाई लोडसेडिङमुक्त गराउन खास्सै पहल गरेको देखिदैन् ।राजनैतिक पहुंचकै आधारमा पोखरा र चितवनलाई लोडसेडिङमुक्त गरिएको हो ।प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला भएकै कारण चितवन छिट्टै लोडसेडिङमुक्त वन्न पुग्यो ।तर यहांका राजनैतिक दलदेखी नागरिक समाज सम्मले खासै चासो दिएको पाइदैन् ।जिल्लाका राजनैतिक दलले यसप्रति ध्यान नदिएको नेपालगन्ज कारकांंदोका रेशम थापाले वताए । स्थानिय स्तरबाट दवाव दिए तत्काल लोडसेडिङमुक्त सम्भव हुने उनको भनाई छ ।

विद्युत चोरी गर्नेवाट करिव ३२ लाख राजश्व

प्राधिरण नेपालगन्ज वितरण केन्द्रले गत साउन महिना यता विधुत चोरी गर्ने २ सय ५८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । सो कारवाहीवाट ३२ लाख ९० हजार ४ सय ५३ रुपैंया राजश्व संकलन भएको छ ।प्राधिकरणले यो अभियानलाई अझै जारी राखेको छ ।
यस्तै प्राधिकरणले बक्यौता महशुल नतिर्ने ४ सय ९९ ग्रहाकको लाइन काटेकोमा ४ सय २१ जनाले रकम वुझाएका छन् ।उनिहरुवाट ८७ लाख १९ हजार ३ सय २५ रुपौया राजश्व संकलन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका