Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढमा एक दिने सहकारी प्रशिक्षण – Gaule Khabar

नारायणगढमा एक दिने सहकारी प्रशिक्षण

नारायणगढमा एक दिने सहकारी प्रशिक्षण

चितवन, फागुन २–

नारायणगढमा सोमबार एकदिने सहकारी प्रशिक्षण दिइएको छ । नारायणगढको शहीदचोकमा रहेको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सञ्चालक समिति, लेखा समिति, अन्य उप–समितिहरुका साथै सेयर सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । उनीहरुलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका पाचार्य रेवतीरमण पोखरेल, सहकारी निरीक्षकद्वय रामबाबु पौडेल र ऋषिराम भुसालले प्रशिक्षण दिएका थिए । सहकारी भनेको के हो ? संस्थाको बैठक कसरी सञ्चालन गर्ने, निर्णयहरु कसरी पारित गर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी संस्थाका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले जानकारी दिए ।
सहकारी संस्थाहरु धेरै खुलेकाले यसबारे आवश्यक परामर्श दिनुपर्ने भएकोले एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए । कार्यक्रममा एकसय जनाभन्दा बढीको सहभागीता रहेको थियो । २०७० सालमा स्थापना भएको सहकारी संस्थामा हाल सदस्य संख्या ८५० नाघेको संस्थाका प्रबन्धक प्रकाश पाण्डेले जानकारी दिए । कतिपय संघसंस्थाहरुलाई संस्थाको नीति नियमबारे सामान्य ज्ञान समेत नहुँदा संस्था धरासायी बन्ने गरेका घटनाहरु आइरहेकोले समयसमयमा यस्ता प्रशिक्षणको आवश्यकता रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका