चितवन, फागुन २–
चितवनका खेल पत्रकारलाई चितवन साउण्ड सर्भिसले स्पोर्ट्स ट्र्याक सहयोग गरेको छ । भरतपुरमा सोमबार एक कार्यक्रम गरी चितवन साउण्ड सर्भिसले नेपाल खेलकुद पत्रकार मञ्च चितवनलाई ११ थान ट्रयाक प्रदान गरेको हो । सो ट्रयाक खेलकुद पत्रकार मञ्चको चितवन जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यले लगाउनेछन् ।
कार्यक्रममा चितवन साउण्ड सर्भिसका सञ्चालक मानदेव अधिकारीले मञ्चका अध्यक्ष विनोदबाबु रिजाल, महासचिव दिपेन्द्र अधिकारीलगायतलाई सो ट्रयाक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर खेल पत्रकारहरुलाई सहयोग गरेको अधिकारीले बताए । उनले दैनिक खेलकुद समाचार रिपोर्टिङका क्रममा सजिलो हुने ट्रयाक दिइएको उनले बताए । उनले खेल पत्रकारले विभिन्न व्यवसायी र खेलकुद निकायहरुबीच पुलको काम गर्न सक्ने बताए । खेलकुदको विकासको लागि व्यवसायीहरुले सहयोग गर्न तयार भएको तर समन्वयको अभाव रहेको उनले बताए ।