Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिद्धी गणेश मन्दिरमा महायज्ञ हुने – Gaule Khabar

सिद्धी गणेश मन्दिरमा महायज्ञ हुने

सिद्धी गणेश मन्दिरमा महायज्ञ हुने

चितवन, फागुन २–

श्री सिद्धी गणेश मन्दिर कोलघाटमा वृहत्तर योजनासहित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । पश्चिम चितवनको शरणपुरमा रहेको सिद्धी गणेश मन्दिरमा यही फागुुन ६ गतेबाट १ हजार ८ शालीग्राम दर्शन तथा सवा करोड दिप प्रज्वलनसहित ज्ञानमहायज्ञ हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । पश्चिम चितवनको सो क्षेत्रमा बस्ती विस्तार भएसंगै अस्तित्वमा आएको मन्दिरको जिर्णोद्धार र दिगो संरक्षणका लागि वृहत्तर योजनासहित धनधान्याञ्चल ज्ञान महायज्ञ गर्न लागिएको मूल समिती संयोजक डाक्टर होमबहादुर बस्नेतले बताए ।
२०२२ सालमा नै धार्मिक क्षेत्रका रुपमा विकास गरिएपनि २०४७ साल हरिबोधनी एकादशीको पावन अवसरमा सिद्धी गणेशको प्राण प्रतिष्ठा गरी पूजा गर्न सुरु गरिएको मन्दिरको जिर्णोद्धारसंगै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्य रहेको उनले बताए ।
विजयनगर र शरणपुरका स्थानीयले संरक्षकत्व प्रदान गर्दै आएको मन्दिर २०४७ सालमा शान्ति स्वरुप नन्दन दामोदर बाबाले स्थापना गरेका हुन् । कोल अर्थात मन्थन र घाट अर्थात पवित्र तटमा पुगेर विचारको मन्थन गरी शान्ति प्राप्त गर्ने माध्यमका रुपमा कोलघाटको धार्मिक महत्वको विकास सोही समयदेखि सुरु भएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष महेश्वर देवकोटाले जानकारी दिएका छन् । महायज्ञको पूर्वसन्ध्यामा भोली मोटरसाइकल र्‍याली निकालिने प्रचार–प्रसार समिती संयोजक शिवहरी पोखरेलले बताए । महायज्ञ फाल्गुन १४ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका