Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी – Gaule Khabar

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाण्डौं,  फागुन २-

नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनले जथाभावी रुपमा सदस्यता वितरण गरेको भन्दै नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ। सोमबार अध्यक्ष बद्री सिग्देल सहितको टोलीले सिनामंगल सञ्चारग्राममा पुगी महासंघको कार्यालयमा तालाबन्दी गरेको हो।

उनीहरुले कार्यालयभित्र रहेका सबै कर्मचारीलाई बाहिर निकालेर मूल गेटमा तालाबन्दी गरेका हुन्। दलगत आस्थाका आधारमा योग्यता नपुगेका र गैर पत्रकारलाई सदस्यता वितरण गरेकाले विरोधमा तालाबन्दी गरेको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। महासंघका पदाधिकारीहरुले नयाँ सदस्यको विवरण केन्द्रीय सदस्यहरुलाई समेत जानकारी नदिइ मनपरी ढंगले वितरण गरेकाले विरोध जनाइएको युनियनको दावी छ। युनियनले मंगलबारदेखि सुरु हुने महासंघको जिल्ला शाखाहरुको अधिवेशन रोक्न पनि महासंघसँग माग गरेको छ। बलजफ्ती अधिवेशन अगाडि बढाएमा विरोध जनाउने अध्यक्ष सिग्देलले बताए।

सदस्यता वितरण पारदर्शी भएको विश्वास दिलाएमा मात्र अधिवेशन अगाडि बढाउन दिने युनियनको भनाइ छ। पत्रकार महासंघ सबै पत्रकारहरुको छाता संस्थागत हुनुपर्नेमा दलगत कार्यकर्ता र गैर नेपालीलाई समेत सदस्यता वितरण गरेकाले विरोध गरेको सिग्देल बताउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका