Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्व मन्त्रीबाट १५ लाख बराबरको जग्गा दान – Gaule Khabar

पूर्व मन्त्रीबाट १५ लाख बराबरको जग्गा दान

पूर्व मन्त्रीबाट १५ लाख बराबरको जग्गा दान

रोल्पा, फागुन २-

पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गर्नुभएको छ ।

मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता योजनाअन्तर्गत छ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । पछि माथिल्लो तला निर्माण गरी उपशाखा कार्यालय स्थापना गरिने छ ।

पूर्व मन्त्री घर्तीमगरले सधैँ सेवा भावले कटिबद्ध रहने र पीडितको उद्धारमा खटिरहने रेडक्रसप्रेमीका लागि आफूले जग्गा दान गर्न पाउँदा खुसी अनुभव गरेको प्रतिक्रिया दिनुभएको छ । पूर्व मन्त्री घर्तीले यसअघि सुलिचौर रोल्पामा शव गृह निर्माणका लागि खोला किनारमा एउटा घडेरी र इलाका प्रहरी कार्यालय, सुलिचौरमा रोल्पा एउटा घडेरी गरी दुईवटा घडेरी दान गरिसक्नुभएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका