Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगन्ज कारागारभित्र सुरक्षा चुनौती बढ्दै – Gaule Khabar

वीरगन्ज कारागारभित्र सुरक्षा चुनौती बढ्दै

वीरगन्ज कारागारभित्र सुरक्षा चुनौती बढ्दै

वीरगन्ज, फागुन २-

क्षमताभन्दा दोब्बर कैदीबन्दी भएको र फितलो सुरक्षा व्यवस्थाका कारण वीरगन्ज करागारभित्र अहिले सुरक्षा चुनौती बढ्दै गएको छ ।

आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भइ साङ्घातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो ।

कारागारभित्र पुसको दास्रो साता एक कैदीको छुरा प्रहारबाट घाइते भएका राजन बानियाको उपचारका क्रममा मृत्यु भएपछि अन्य कैदीबन्दी असुरक्षित र भयभित भएका छन् । करागारभित्रको आन्तरिक सुरक्षाको जिम्मा कैदी नाइके, सहनाइके तथा चौकीदारलाई दिएपछि उनीहरुले रकम दिने कैदीलाई केही नगर्ने तर रकम नदिनेलाई कुटपिट गर्ने गरेकाले कारागारभित्र सुरक्षा चुनौती बढ्न गएको एक कैदीको भनाइ छ । यसबारेमा प्रमुख जिल्ला अधिकारी तथा कारागार व्यवस्थापन समितिका संयोजक केशवराज घिमिरेसँग जिज्ञासा राख्दा उहाँले अहिले कारागारको सुरक्षा व्यवस्थाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको र सुरक्षासम्बधी थप व्यवस्था गर्दै जाने बताउनुभयो ।

पाँच सय कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारभित्र हाल २१० भारतीयसहित एक हजार २२७ कैदीबन्दी छन् । जसमध्ये महिला कैदी सङ्ख्या ८८ छ भने पाँचजना आश्रित बालबालिका छन् ।
त्यसैगरी एक बङ्गलादेशी र एक पाकिस्तानी बन्दी छन् । कारागारभित्रको गोलघरमा सुरक्षाकर्मीसँगै चेस खेलेर बसिरहेका जेलर चक्रपाणि गौतमसंग सुरक्षा व्यवस्थाबारे जिज्ञासा राख्दा उहाँले कारागारभित्र रहेका कैदीबन्दीमध्ये त्यस्ता आपराधिक प्रवृत्तिका कैदीलाई निगरानीमा राख्ने काम भइरहेको बताउनुभयो ।-रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका