Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा महिलाको लागि नेतृत्व विकास तालिम – Gaule Khabar

चितवनमा महिलाको लागि नेतृत्व विकास तालिम

चितवनमा महिलाको लागि नेतृत्व विकास तालिम

चितवन, फागुन २-

भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १३का महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु भएको छ ।

नेतृत्वमा आउन चाहेका महिलाहरुका लागि तालिमको आयोजना गरिएको हो । वडा नागरिक मंञ्चले तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको आयोजना गरेको तालिममा वडाका ५० जना महिलाको सहभागीता रहेको छ । दलित , आदीवासी  जनजाती , पिछडीएका महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । सामाजिक नेतृत्वमा महिलाहरु पछाडी परेको भन्दै तालिमको आयोजना गरेको आयोजकले जनाएको छ ।

तालिममा पत्रकारहरु अजिता अधिकारी , अनिल ढकाल र गोपाल दराई प्रशिक्षण दिनेछन । वडा नागरिक मञ्चका संयोजक देवकी गौतमको अध्यक्षता तथा पूर्व वडा अध्यक्ष डिल्लीराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा नेका काँग्रेसका वडा सभापति युवराज भुषाल , दुर्गा टोल विकास संस्थाका अध्यक्ष नन्दलाल पराजुली वडा नागरिक मञ्चकी उपाध्यक्ष देवि आचार्य , टिकाराम सापकोटा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका