Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साहुको ऋण नतिर्ने महोत्तरीकी महिला जेल चलान – Gaule Khabar

साहुको ऋण नतिर्ने महोत्तरीकी महिला जेल चलान

साहुको ऋण नतिर्ने महोत्तरीकी महिला जेल चलान

गौशाला, फागुन २-

महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभएको छ । औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो । तर महिला यादव सोही बेलादेखि फरार रहँदै आएकी थिइन् ।

यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका