Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
खुलामञ्चमा विप्लवले भने – युवाहरुले विदेश जान छाडेर फेरि बन्दुक बोक्नुपर्छ – Gaule Khabar

खुलामञ्चमा विप्लवले भने – युवाहरुले विदेश जान छाडेर फेरि बन्दुक बोक्नुपर्छ

खुलामञ्चमा विप्लवले भने – युवाहरुले विदेश जान छाडेर फेरि बन्दुक बोक्नुपर्छ

काठमाडौ,फागुन १-

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको उपलब्धी रक्षाका लागि फेरि युद्ध लड्न तयार हुनुपर्ने बताएका छन्। आइतबार पार्टी महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले माओवादीको मूल नेतृत्वले बेइमानी गरेका कारण फेरि एक पटक युद्ध लड्नुपर्ने अवस्था आएको बताए। उनले युवाहरु विदेश जान छाडेर फेरि एक पटक युद्धमा सामेल हुनुपर्ने बताए।

माओवादी शान्ति प्रक्रियामा आएपछि यसमा साम्राज्यवादको जिवाणुहरु प्रवेश गरेर बिग्रिएकाले जनतामाथि बेइमानी भएको भन्दै उनले फेरि एक पटक युद्ध गर्नुपर्ने बताएका हुन्। ‘माओवादीमा लैनचौर, बालुवाटार र सिंहदरबारका कुर्सीहरुबाट, भट्टी र होटलबाट साम्राज्यवादका जिवाणुहरु छिरे’ उनले भने ‘यसैले माओवादीलाई जेल्यो।’ अहिले माओवादी काठमाडौंको गल्लीमा लत्रिएको भन्दै विप्लवले आफूहरु भने डलर भारु खाएर विदेशीसामू घुँडा नटेक्ने प्रतिवद्धता जनाए।

जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्ड अहिले सरकारको नेतृत्वमा रहेपनि युद्धमा सहभागीमाथि बिभिन्न मुद्दा लाग्दा पनि मुकदर्शक बनेको उनले आरोप लगाए। ‘यो मुद्दा प्रचण्डको एउटै कलमले खारेज गर्न सक्छ तर उनी गर्न तयार छैनन्’ विप्लवले भने। अहिले संघीयताको नाममा जनता झुक्याउने काम भइरहेको भन्दै महासचिव विप्लवले संघीयताको भ्रमबाट सबै जना मुक्त हुनुपर्ने बाए। ‘अहिले संघीयताको नाममा ढाँट्ने छल्ने काममात्र भएको छ, यो भ्रमबाट मुक्त हुनुस्। जनवाद र वैज्ञानिक समाजवादबाट मात्र समस्याको हल हुन्छ।’

अहिलेको राजनीति प्रचण्डको भाषण र केपी ओलीको उखान टुक्कामा अल्झिएको भन्दै विप्लवले भने ‘दिनभरी प्रचण्ड बोल्छन्। त्यसलाई केपी ओलीको एउटै उखान टुक्काले खाइदिन्छ। केपी ओलीको उखान टुक्कालाई प्रचण्डको ढाँटछलले खाइदिन्छ।’ भूकम्प पीडितका जस्तापाता र त्रिपालमाथि भ्रष्टाचार गर्ने मन्त्रीहरु नै प्रजातन्त्रवादी देखिने भन्दै उनले अहिले सरकार सञ्चालकहरुले जनताको अधिकार खोस्ने काममात्र गरेको दावी गरे। उनले बाबुराम र प्रचण्ड भारतको अगाडि नतमस्तक भएको बताए। ‘४० बुँदे माग राख्नेले भारत गएर विप्पा गरेर आए। प्रचण्ड गएर २५ बुँदे सम्झौता गर्दा गरुडको अगाडि सर्पजस्तै भए।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका