Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन सिटी बसले बाड्यो वृद्दाहरुलाइ निशुल्क यात्रुकार्ड – Gaule Khabar

चितवन सिटी बसले बाड्यो वृद्दाहरुलाइ निशुल्क यात्रुकार्ड

चितवन सिटी बसले बाड्यो वृद्दाहरुलाइ निशुल्क यात्रुकार्ड

सुमित आचार्य

चितवन, फागुन १-

ग्लोवल मेट्रो सिटी बस प्रालिले आज एक औपचारिक कार्यक्रमबिच ७५ बर्ष उमेर माथिका वृद्दाहरुलाइ सम्मान स्वरुप निशुल्क यात्रुकार्ड वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा करिब १९ वृद्दाहरुलाइ यात्रुकार्ड वितरण गरिएको छ । कार्यक्रमा बोल्दै मेट्रो सिटि बसका अध्यक्ष बद्री अधिकारिले आफुले वृद्दाहरुलाइ निशुल्क कार्ड बाड्छु भनेर दियको वचन पुरा गरेकोमा खुशी व्यक्त गरे । साथै विद्यार्थिको लागि पनि मेट्रो सिटी बसले छिटै छुटको व्यवस्था ल्याउने आश्वासन दिए । र बाकि रहेका वृद्दाहरुलाइ भोलीका दिनहरुमा सिटिबस कार्यालयमै कार्ड बाडिने जानकारि दिए । चितवन उप महानगरपालिकाले सिटिबसको थप व्यवस्थापनजको लागि सक्दो कोशिस गरिरहेको र सडक व्यवस्थापनलाइ मुख्य प्राथमिकतामा राखेको उप महानगरपालिका प्रमुख महेश बरालले बताए ।

आगामि दिनहरुमा वृद्दाहरुको लागि थप अन्य सुविधाहरुको लागि सम्बन्धित पक्षहरुसंग कुरा गरि छिट्टैै व्यवहारमा ल्याउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरि प्रमुख दिपक थापा लगाएतको उपस्थिति थियो ।

75375619_556886971792439_8794891569531453440_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका