Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वी चितवन पत्रकार मंचको अध्यक्षमा पुनः सापकोटा – Gaule Khabar

पूर्वी चितवन पत्रकार मंचको अध्यक्षमा पुनः सापकोटा

पूर्वी चितवन पत्रकार मंचको अध्यक्षमा पुनः सापकोटा

चितवन, फागुन १–
पूर्वी चितवन पत्रकार मंचको अध्यक्षमा पुनः होमनाथ सापकोटा चयन हुनुभएको छ ।
आज रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा भएको वनभोज कार्यक्रम तथा अधिवेशनले सापकोटालाई अध्यक्षमा दोहोराएको हो ।
मंचको उपाध्यमा राजेन्द्र आचार्य, अनिता अर्याल, सचिवमा धु्रवराज खनाल, सह–सचिवमा विकास पौडेल र सुजिता हमाल र कोषाध्यक्षमा संगीता आचार्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा महेश पाण्डे, रामु आचार्य, रमेश रानामगर, अनुपा गुरुङ, संजय चौधरी, ध्रुवराज लामिछाने, सरस्वती लामा र सुजन प्रेमी चयन हुनुभएको छ ।
यसअघि भएको औपचारिक कार्यक्रममा मंचका संस्थापक अध्यक्ष केपीकिरण शर्मा, प्रेस चौतरीका केन्द्रीय सदस्य एवंम मंचका सल्लाहकार शिशिर सिंखडा, प्रेस युनियन चितवनकी सदस्य अनिता अर्याल, प्रेस सेन्टर चितवनका सचिव राजेन्द्र आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार (फोनिज) चितवनका अध्यक्ष सन्तकुमार चौधरी, पूर्वी चितवनका अग्रज पत्रकार केशव भट्टराई, रिपोर्टर्स क्लव नेपाल चितवनका अध्यक्ष राजु चौधरी, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विशुराल, पोल्ट्री व्यवसायी रघुनाथ भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका