Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण – Gaule Khabar

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

बर्दिया (गुलरिया), फागुन १ –

विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ ।

जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।

बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताउनुभयो ।

वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन् ।
बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।

दैवीप्रकोप उद्वार समितिको बैठकले बाढीको जोखिम कम गर्न बबई नदीको माथिल्लो तटीय क्षेत्र सल्यानको घुइँयाबारीमा गेज स्टेसन राख्नका लागि पहल गर्ने निर्णय गरेको छ । जसका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कर्णाली बेँसिन कार्यालयलाई थारु महिला उत्थान केन्द्रको अनुकुलन परियोजनाका आर्थिक सहयोगमा निमार्ण गर्नेसमेत निर्णय गरेको छ । निमार्णपछि बाढीको सतहको पूर्व–सूचना हाल भएको व्यवस्था भन्दा तीन घन्टा पहिलेनै प्राप्त गर्नेसमेत जानकारी गराइएको थियो ।

त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका