Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा – Gaule Khabar

स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा

स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा

कञ्चनपुर, फागुन १ –

आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प भएको छ । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताउनु भयो । वर्तमान सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको गाविस कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष बलराम रानाले बताउनु भयो ।

हातमा कालोपट्टी बाँधी, पेनडाउन, धर्ना र कामकाज ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम कर्मचारीले जारी राखेका छन् ।माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारी आन्दोलनमा रहेका छन् ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका