Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादी घटकहरुले यसरी मनाउँदैछन् २२ औं जनयुद्ध दिवस – Gaule Khabar

माओवादी घटकहरुले यसरी मनाउँदैछन् २२ औं जनयुद्ध दिवस

माओवादी घटकहरुले यसरी मनाउँदैछन् २२ औं जनयुद्ध दिवस

काठमाडौं, फागुन १ –

२२ औं जनयुद्ध दिवसका अवसरमा विभिन्न माओवादी घटकहरुले आज विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछन् । २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

०५२ मा सुरु भएको जनयुद्ध १० वर्ष चलेको थियो । २०६३ मंसिर ६ गते विस्तृत शान्तिसम्झौतापछि तत्कालिन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आयो ।

जनयुद्ध दिवसका अवसरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा (माओवादी)ले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदैछ । त्यसअघि माओवादी केन्द्रको भातृ संगठन वाईसिएलले विहान ८ बजे पार्टी कार्यालयमा भेला भएर सरसफाइ तथा शहिद स्मारकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाउँदैछ । शहिदहरुको वाइसिएलले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछ ।

वैद्य माओवादीले कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा जनयुद्ध दिवसको स्मरण गर्दैछ ।त्यस्तै विप्लव माओवादीले जनयुद्ध दिवशको अवसर पारेर पार्टी महाधिवेशन गर्दैछ । आज खुल्लामञ्चमा उद्घाटन हुने ८ औं महाधिवेशनमा देशभरिका नेता तथा कार्यकर्ता राजधानीमा भेला हुँदैछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका