Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रेड युनियन महासंघको संयोजकमा कँडेल – Gaule Khabar

ट्रेड युनियन महासंघको संयोजकमा कँडेल

ट्रेड युनियन महासंघको संयोजकमा कँडेल

चितवन, माघ २९–

नेकपा माओवादी केन्द्र निकटको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ चितवनको जिल्ला एकता भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ ।

भेलाले यदुमणि कँडेलको संयोजकत्वमा ६५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । संयोजकमा चुनिएका कँडेलले मजदुर मुक्तिका लागि वर्गीय एकता आजको आवश्यकता भएको बताए । उनले जिल्लामा मजदुरका समस्या हल गर्न नयाँ कार्यसमितिले प्राथमिकतासाथ काम गर्ने बताए ।

भेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवंम चितवन जिल्ला इन्चार्ज इश्वरी भट्टराई रहेका थिए । भेलालाई सम्बोधन गर्दै भट्टराईले अहिलेको युगमा पनि शोषित र पीडित मजदुर वर्गको उत्थानका लागि नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । उनले एक्काइसौँ शताब्दीका मजदुरलाई शक्तिशाली बनाउने काममा ट्रेड युनियन महासंघ लाग्नुपर्ने बताए ।

भेलामा बोल्दै माओवादी केन्द्र जिल्ला सहइन्चार्ज आकांक्षा, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला सहइन्चार्ज दीपचन्द्र पुडासैनी लगायतले मजदुरबीचको एकताले समाजवादी क्रान्ति सम्पन्न हुने विचार व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका