Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त : थापा – Gaule Khabar

निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त : थापा

निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त : थापा

काठमाडौँ, माघ २९ –

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्नुपर्छ ।”

अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताउनुभयो । उहाँले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्यदिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रष्ट पार्नुभयो ।

अध्यक्ष थापाले प्रदर्शनी मार्गमा उद्घाटन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलका अध्यक्ष, विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको बताउनुभयो । उहाँले उद्घाटन सत्रमा दुई लाख जनतालाई उतार्ने गरी पार्टीले गृहकार्य गरिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सुशासनको अभावले गर्दा मुलुक सङ्कटमा फस्दै गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ गतेसम्म स्थानीय निकायको निर्वाचन नभए बजेट आएपछि निर्वाचन गर्न मिल्दैन ।”

डा महतले संविधान संशोधन गर्न मिल्दैन भन्ने नेकपा (एमाले)को अतिवादी सोचलाई छाड्न आग्रह गर्नुभयो । उहाँले हरेक नेताले आफ्नो व्यक्तिगत र दलगत पूर्वाग्रहलाई छाडेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका