Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानसेनापति खुला म्याराथनको उपाधि प्रहरीका भूमिराज राईले जिते – Gaule Khabar

प्रधानसेनापति खुला म्याराथनको उपाधि प्रहरीका भूमिराज राईले जिते

प्रधानसेनापति खुला म्याराथनको उपाधि प्रहरीका भूमिराज राईले जिते

काठमाडौं, माघ २९ –

प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताअन्तर्गत् ४२ किलोमिटरको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्ड समय लगाएर तेस्रो भए ।

२१ किलोमिटर पुरुषतर्फ कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए । उनीहरु सबै सेनाकै खेलाडी हुन् ।

२१ किलोमिटर महिलातर्फ सेनाकी विश्वरुपा बुढा र सानुमाया कार्की क्रमशः पहिलो र दोस्रो भए भने सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।

१० किलोमिटर पुरुषतर्फ रोहन श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए भने महिलातर्फ १० किलोमिटरमा श्रृष्टि कुँवर, रेखा अधिकारी र लक्ष्मी लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

५ किलोमिटर छात्रतर्फ सुरेश थापामगर पहिलो, सागर श्रेष्ठ दोस्रो र कृष्ण आलेमगर तेस्रो भए ।

छात्रातर्फ संगीता खड्का, काजल विष्ट र सुनीता दर्लामीमगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

विदेशी नागरिकतर्फ २१ किलोमिटरमा अमेरिकाका मार्क कोनइन प्रथम भए भने १० किलोमिटरमा जापानका माइक रिडले उपाधि जितेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका