Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल भारत संयुक्त बैठक : प्रसारण लाइन नै प्रमुख प्राथमिकता – Gaule Khabar

नेपाल भारत संयुक्त बैठक : प्रसारण लाइन नै प्रमुख प्राथमिकता

नेपाल भारत संयुक्त बैठक : प्रसारण लाइन नै प्रमुख प्राथमिकता

काठमाडौँ, माघ २९ –

नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ ।

दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

यस्तै हालै सम्पन्न भएको कुशाहा–कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने बारेमा समेत छलफल गर्ने कार्यसूची तयार भएको छ । कुशाहा कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनको क्षमता १३२ केभी रहेको छ । यस्तै लामो समयदेखि चर्चामा रहेको न्यू बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणको बारेमा समेत छलफल गरिने ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेकाअनुसार सञ्चालनमा रहेका अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा नयाँ प्रसारण लाइन निर्माणका विषयमा नै बैठक केन्द्रित हुने छ । बैठक आगामी फागुनको पहिलो साता काठमाडौँमा आयोजना गरिएको छ ।

दुई वर्षअघि भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिव नेतृत्वको समिति र सहसचिव नेतृत्वको समितिको चौथो बैठक काठमाडौँमा आयोजना गरिएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका