Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्थानीय निर्वाचन नभए सम्म मुलुकको विकास हुँदैनः पूर्व अर्थमन्त्री पाण्डे – Gaule Khabar

स्थानीय निर्वाचन नभए सम्म मुलुकको विकास हुँदैनः पूर्व अर्थमन्त्री पाण्डे

स्थानीय निर्वाचन नभए सम्म मुलुकको विकास हुँदैनः पूर्व अर्थमन्त्री पाण्डे

सन्तकुमार चौधरी,

चितवन माघ २९-

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय तहको निर्वाचन नभए सम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । कालिका नगरपालिकाको वडा नंं १२ ले शनिवार आयोजना गरेको घरदैलो कार्यक्रमलाई संवोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले मुलुकलाई निकास दिन स्थानीयतहको निर्वाचन प्रकृयामा सबै नेपाली सहभागी हुनुपर्नेमा जोड दिनुभयो । जारी संविधान कार्यान्वयनका लागि भएपनि स्थानीय तहको चुनाव अनिवार्य हुनुपर्ने उहाँको भनाई छ । उहाँले संविधान कार्यान्वयन नभए नेपालमा लोकतन्त्र असफल हुने बताउनुभयो । जारी संविधानले स्थानीय तहलाई समेत अधिकार सम्पन्न बनाएको जानकारी दिँदै पूर्व अर्थमन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउनुभयो । सरकारले यो वा त्यो वहानामा चुनाव गराउन आलटाल गरिरहेको आरोप लगाउँदै पूर्व अर्थमन्त्री पाण्डेले मुलुकको विकासका लागि स्थानीय तहको निर्वाचन गराउन सरकारलाई बाध्य बनाउन एमालेले देश व्यापी रुपमा घरदैलो कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पूर्व अर्थमन्त्री पाण्डेले नेकपा एमालेको समाजवाद बोकेर जनताको घरघरमा जान नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । काँग्रेसले भने जस्तै समाजवाद नभई नेकपा एमालेको समाजवाद बोकेर जनताको घरघरमा पुग्न उहाँले निर्देशन दिनुभएको हो । बृद्धबृद्धालाई पेन्सन भत्ता, विद्यार्थीलाई कम्तीमा १२ कक्षा सम्म निशूल्यक पढ्ने व्यवस्था, प्रत्येक नेपालीलाई आवाशको व्यवस्था, विरामीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने नै सिद्धान्त नै नेकपा एमालेको समाजवाद हो उहाँले भन्नुभयो । यो चारवटा सन्देश सहितको मोडेल लिएर जनताको घर घरमा पुगेर एमालेको समाजवाद निती बारे जानकारी दिन नेता कार्यकर्तालाई आहवान गर्नुभयो ।

सो अवसरमा कालिका नगरपालिका वडा नं. १० का बलवहादुर नेपालका स परिवार सहित माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले टिका लगाएर स्वागत गनुभएको थियो । घरदैलो कार्यक्रम अन्तर्गत एमालेका नेता तथा कार्यकर्ताहरु जनवादी गीत गाउँदै जनताको घरघरमा पुगेर पार्टी नीति स्थानीय निर्वाचनको बारेमा जानकारी गराएका थिए । घरदैलो कार्यक्रम कालिका नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रुदल चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

यसैबीच कालिका नगरपालिका वडा नं. ९ ले शनिवार नै प्रशिक्षण तथा बनभोज कार्यक्रमको आयोजना गरेको छ । भिमवली सामुदायिक वनको पिक्नीक स्पोर्टमा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरुले प्रशिक्षण दिनुभएको थियो । यसैबीच कालिका नगरपालिका अन्तर्गत वडा नं. ९ मा पूर्ण चौधरीको अध्यक्षतामा २१ सदस्यीय युवा संघ वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा अनिल गुरुङ, सचिवमा प्रकाश गुरुङ, सह सचिवमा विकास कोइराला, र कोषाध्यक्षमा शारदा तामाङ लगायत रहेका छन् । युवा संघ नेपालका केन्द्रीय सदस्य प्रताप डल्लाकोटीको प्रमुख आतिथ्यतामा कमिटी गठन भएको हो । कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष सुरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका