Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विश्वकै अग्लो बुद्धको प्रतिमा झापामा निर्माण हुने -अध्यक्ष ओली – Gaule Khabar

विश्वकै अग्लो बुद्धको प्रतिमा झापामा निर्माण हुने -अध्यक्ष ओली

विश्वकै अग्लो बुद्धको प्रतिमा झापामा निर्माण हुने -अध्यक्ष ओली

काठमाडौं, माघ २९ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा निर्माण हुन लागेको बुद्धको प्रतिमा विश्वकै अग्लो हुने बताएका छन् ।

बुद्ध मूर्ति तथा बुद्ध पार्क निर्माणसम्बन्धी परियोजनाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले निर्माण गर्न लागिएको बुद्धको मूर्तिले विश्व शान्तिको सन्देश दिने विश्वास व्यक्त गरे ।

उनले पर्यटकीय दृष्टिकोणले पनि बुद्धको प्रतिमा निर्माण महत्वपूर्ण हुने भन्दै यसले नेपालको एकतामा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको संस्कृतिअनुसार दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति १ सय ९८ मिटर अग्लो हुने छ ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ३६ विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको विराट बौद्ध प्रतिमाको काम चाँडै सुरु हुने जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका