Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राससमा निःशुल्क मुटु र मिर्गोला जाँच – Gaule Khabar

राससमा निःशुल्क मुटु र मिर्गोला जाँच

राससमा निःशुल्क मुटु र मिर्गोला जाँच

काठमाडौँ, माघ २९ –

राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज निःशुल्क मुटु र मिर्गौला परीक्षण गरिएको छ ।

राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा राससभित्रका पत्रकार÷कर्मचारी उनका परिवार र विभिन्न सञ्चारमाध्यमका पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

कार्यक्रममा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले समय समयमा हुने यस्ता रचनात्मक कार्यले कर्मचारीबीच आपसी भावनात्मक एकता कायम राख्ने बताउनुभयो । उहाँले विभिन्न सञ्चारमाध्यमका पत्रकारको समेत उपस्थितिले सञ्चारमाध्यमबीच आत्मियता बढेको उल्लेख गर्नुभयो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मुटुरोगका कारण बर्सेनि धेरै मानिसले ज्यान गुमाएको भन्दै मुटुरोग नै लाग्न नदिन सचेत हुनुपर्ने बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका ल्याब टेक्निसियन भोलनाथ पौडेलले मिर्गौला जाँचेपछि अरु रोग छ की छैन भन्ने कुराको जानकारी हुने हुँदा मिर्गौला जाँचलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष मनोज लामिछाने, व्यवस्थापक उत्तम सिलवाललगायतले मिर्गौलाबारे जनचेतना अभिवृद्धिका साथै रोगको बारेमा जानकारी लिन वार्षिकोत्सवका अवसर पारेर शिविर सञ्चालन गरिएको बताउनुभयो । राससले आउँदो फागुन ७ गते आफ्नो ५६औँ वार्षिकोत्सव मनाउँदै छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका