Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री दाहाल–भट्टराईबीच छलफल – Gaule Khabar

पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री दाहाल–भट्टराईबीच छलफल

पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री  दाहाल–भट्टराईबीच छलफल

काठमाडौँ, माघ २९ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन नै पहिलो सर्त भएकाले निर्वाचन गर्न सरकार लागि परेको बताउँदै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजकसमेत रहनु भएका पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गर्नुभयो ।

डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताउनुभयो ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उहाँले गराउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका