Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालीको लगानीमा देश लोडसेडिङ मुक्त हुन्छः मन्त्री शर्मा – Gaule Khabar

नेपालीको लगानीमा देश लोडसेडिङ मुक्त हुन्छः मन्त्री शर्मा

नेपालीको लगानीमा देश लोडसेडिङ मुक्त हुन्छः मन्त्री शर्मा

कञ्चनपुर, माघ, २९ –

निजी कम्पनी र स्थानीयको लगानीमा नेपालमा भएको जलस्रोतबाट उर्जा निकालिने उर्जा मन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालले कञ्चनपरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले नेपालको पानी नेपालीको लगानी अनुसार नागरिकलाई नै प्रत्यक्ष लाभ हुने गरी मन्त्रालयले पश्चिम सेतीको काम अगाडि बढाइरहेको बताउनुभएको हो ।

उहाँले जलविद्युत उत्पादन गर्न मन्त्रालयले कर्णाली चिसा पानीमा समेत कार्यालय खोल्ने तयारी गरिरहेको बताउँदै चाडै नै सुदूरपश्चिमसहित देश नै लोडसेडिङ मुक्त हुने बताउनुभयो ।
यस्तै चमेलीया जलविद्युत आयोजना निर्माणमा भइरहेको ढिलाइले परेको आर्थिक व्ययभारका बारे बोल्दै मन्त्री शर्माले आयोनाको काम सुरु भइसकेकाले योजना सकिएपछि दोषीमाथि कारवाही गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका