WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJmphY4RoqmIRtnOmNIAStQpv0ugss1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 01:35:01', '', 'admlnlx', 'admlnlx')
रुपन्देही, माघ २९-
पाल्पाको दोभान गाविस– २ र कोलडाँडा गाविस –९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ ।
स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभन्दा ठूलो क्षमताका रुपमा बुटवलमा ल्याउने तयारी सुरु भएको छ । बहुचर्चित झुम्सा आयोजनाको अधिकांश काम पूरा भए पनि विभिन्न कारणले रोकिएको अवस्थामा सो आयोजनाको क्षमता ठूलो बनाएर बुटवलवासीको पानीको माग पूर्ति गर्ने उद्देश्यसहित बुटवल खानेपानी संस्थानले काम गरेको छ । पहिलाभन्दा दोब्बर पानी ल्याएर बुटवलमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने संस्थानको जिकिर छ ।
पहिलो डिजाइन अनुसार कम्तीमा दैनिक ८० लाख लि पानी ल्याउने योजना अब परिवर्तन गरेर दैनिक करिब ३ करोड लि पानी ल्याउने योजना खानेपानी सस्ंथानको छ । सोका लागि करिब रु एक १ बजेटसमेत छुट्टाइएको छ । बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले पुरानोभन्दा थप पानी ल्याउनका लागि बजेट छुट्टाइएको बताउनुभयो । रासस