Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डिभी बन्द गर्ने विधेयक पास हुन मुस्किल – Gaule Khabar

डिभी बन्द गर्ने विधेयक पास हुन मुस्किल

डिभी बन्द गर्ने विधेयक पास हुन मुस्किल

एजेन्सी,माघ २९-

बर्सेनि हजारौं नेपालीहरूले कानुनी रूपमा अमेरिकी ग्रिनकार्ड पाउने डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विषयको  विधेयक अमेरिकी संसदमा दर्ता भएको छ । समाचार संस्था रोयटर्सका अनुसार उक्त विधेयक पास भए नेपालगायत थुप्रै देशबाट डीभी चिठ्ठामार्फत् अमेरिका छिर्ने बाटो बन्द हुनेछ ।

रिपब्लिकन पार्टीका दुई अमेरिकी सिनेटरहरूले गएको मंगलबार अमेरिकामा कानुनी रूपमा आउने आप्रवासीको संख्या आधी कटौती गर्ने विधेयक संसदमा पेस गरेका हुन् । यो विधेयक पास भए डिभी चिठ्ठा कार्यक्रमका रूपमा बर्सेनि विव्वभरका ५० हजार नागरिकलाई वितरण गरिने ग्रिन कार्ड बन्द हुनेछ । त्यस्तै, अमेरिका छिरिसकेका अवैध आप्रवासीले पनि डकुमेन्ट बनाएर ग्रिनकार्ड पाउन सक्नेछैनन् ।

साथै अमेरिकामा ग्रिन कार्ड र नागरिकता पाइसकेका आप्रवासीहरुले आफ्ना दाजुभाइ, दिदीबहिनी तथा आमाबुबालाई पारिवारिक कोटाअन्तर्गत ग्रिन कार्ड दिलाउन सक्ने प्रावधान पनि बन्द हुने बताइएको छ ।

अर्कान्सास राज्यका सिनेटर टम कोटन र जर्जिया राज्यका डेभिड पर्दिउले अमेरिकामा विदेशी आप्रवासीहरुले दिन सक्ने योगदानका आधारमा मात्रै प्रवेश अनुमति दिनुपर्ने भन्दै संसदमा विधेयक दर्ता गराएका हुन् ।

ती दुई सिनेटरले ट्रम्प प्रशासनसँग छलफल गरेरै उक्त विधेयक र्ता गराएको बताइएको छ ।

अमेरिकाको दुवै संसदमा रिपब्लिकन पार्टीको बहुमत रहेको अवस्था भए पनि रोयटर्सका अनुसार यो विधेयक पास हुन भने कठिन छ । रिपब्लिकन सिनेटर जोन म्याक्केनले भने आफू यस विधेयकसँग सहमत नभएको बताएका छन् । उनले अमेरिकामा आप्रवासीहरुको योगदान ठूलो रहेको पनि दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका