Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुर अस्पताल सहितका २७ अस्पतालको सेवा विस्तारमा थप ३३ करोड – Gaule Khabar

भरतपुर अस्पताल सहितका २७ अस्पतालको सेवा विस्तारमा थप ३३ करोड

भरतपुर अस्पताल सहितका  २७ अस्पतालको सेवा विस्तारमा थप ३३ करोड

काठमाडौ,माघ २८-

स्वास्थ्य मन्त्रालयले देशभरका सबै क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालको सेवा विस्तारका लागि थप ३३ करोड रुपैयाँ प्रदान गर्ने भएको छ। मन्त्रालयले ती अस्पतालबाट नियमित रुपमा विशेषज्ञ सेवा प्रवाह गर्न आवश्यक पूर्वाधार र उपकरण खरिदका लागि उक्त रकम प्रदान गर्ने भएको हो।

देशभरि क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल गरी २७ वटा अस्पताल छन्। यसमा चितवनको भरतपुर अस्पताल पनि पर्छ । सरकारी अस्पतालहरुको सेवा विस्तार गर्दै उपचारमा जनताको पहुँच बढाउन मन्त्रालयले सबै सरकारी अस्पतालको सेवा विस्तार गर्न लागेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए। उनले उक्त रकम अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुने जनाए।

प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट रेफर भएर आएका बिरामीहरुको अधिकांश उपचार सेवा क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालमै हुन सकोस् भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्री थापाले बताए। उनका अनुसार मन्त्रालयले गाँउगाँउमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता बढाउँदै उपकरण खरिदका लागि यसअघि ९६ करोड छुट्याइसकेको छ।

देशका दुर्गम भूभागमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सबै प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण उपकरणयुक्त बनाउने मन्त्रालयको योजना छ। ती केन्द्रका लागि आवश्यक उपकरण ४ महिनाभित्र खरिद हुनेछन्। मन्त्रालयको तथ्यांक अनुसार देशभर दुई सय चार वटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। उपकरणको व्यवस्था गर्नुअघि मन्त्रालयले सबै स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गरिसकेको हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ