Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देशको भविष्य युवाको काँधमा – नेता पुन – Gaule Khabar

देशको भविष्य युवाको काँधमा – नेता पुन

देशको भविष्य युवाको काँधमा  – नेता पुन

उर्लाबारी (मोरङ), माघ २८-

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशको भविष्य युवाको काँधमा आएकाले त्यहीँ अनुसार अघि बढ्न उनीहरुलाई आग्रह गर्नुभयो ।

उर्लाबारी बहुमुखी क्याम्पसमा आज बिहान अखिल क्रान्तिकारी मूल इकाई कमिटिले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता पुनले राजनीतिले देशको दिशा निर्देश गर्ने भएकाले समाजका सबै क्षेत्रको केन्द्र राजनीति नै भएको बताउँदै देशको विकासमा भौतिक र मानवीय पूर्वाधार आवश्यकपर्ने र त्यसका लागि दक्ष एवम् शिक्षित नागरिकको खाँचोपर्ने आवश्यकता औल्याउनुभयो ।

पचास लाख युवा रोजगारिका लागि विदेशीएको बताउँदै उहाँले मुलकको ४८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेकाले कृषिमा क्रान्तिको आवश्यकता रहेको छ भन्नुभयो । नेता पुनले भविष्यका युवालाई सही तरिकाले शिक्षित गराउन शिक्षकलाई आग्रह गर्दै शिक्षा नै समाज रुपान्तरणको एउटा माध्यम भएकाले युवाले पनि त्यही अनुसार आफूलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका