दाङ, माघ २८ –
तुलसीपुरमा बिद्युत चोरी गर्ने २१ जना पक्राउ परेका छन् । पवननगर र हेकुली गाविसका बिभिन्न गाउँमा गएराति हुक गरेर बिद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाका अनुसार उनीहरुबाट चोरीको लागि प्रयोग हुने उपकरण पनि जफल गरिएको छ । उनीहरु सबैलाई थुनामा राखेर अनुसन्धान गरिरहेको तिम्सिनाले बताए ।