चितवन, माघ २८–
भरतपुर उपमहानगरपालिका–५ लंकु धारापानी चोक निवासी ८४ वर्षीया देवकली कँडेलको ८४ पूजाको अवसरमा ८४ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको हो ।
छोरा समाजसेवी जोन कँडेलले आज आमाको ८४ पूजाको अवसरमा सो रकम बराबरको अक्षय कोष स्थापना गरेका हुन् । आमाको सुस्वास्थ्य कामनासहित स्थापना गरिएको अक्षयकोषबाट धार्मिक आस्थाका मन्दिर र वृद्धआश्रमलाई गरिने समाजसेवी कँडेलले जानकारी दिनुभयो । समाजसेवी कँडेलले विभिन्न अवसरहरुमा अक्षयकोष स्थापना गर्दै आईरहेका छन् ।